अमेरिका र इरानबीचको तनावमा चीनको इन्ट्री भएको छ । मध्यपूर्वमा तनाव बढेको समयमा पश्चिमा राष्ट्रहरु एक भएर इरानमाथि दबाब सिर्जना गर्दा चीनलाई चिन्ताको विषय बनेको हो ।
गत बुधबार इरानले इराकस्थित अमेरिकी अखडामा गरिएको मिसाइल आक्रमणको क्रममा भौतिक रुपमा निकै क्षति भएको भिडियो सार्वजनिक भएको छ । सो आक्रमणका क्रममा अमेरिकी सेना बंकरमा रहेकाले मानवीय क्षति हुन नपाएको बताइएको छ । सो आक्रमण अमेरिकी अखडा अल असदमा भएको थियो ।
अमेरिकाले जनवरी २ मा बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण गरी इरानी सैन्य कमान्डर जनरल कासिम सुलेमानीको हत्या गरेपछि अमेरिका इरानबीचको तनाव चुलिएको छ । सारा विश्वको ध्यान अहिले अमेरिका र इरानबिचमा के साँच्चै युद्ध हुँदैछ भनेर मानिसहरुले शंका गर्न थालेका छन् । यो यथार्थ हो कि अमेरिका र इरानबीच युद्धको संकेत आईरहेको छ । इरानले इराकस्थित अमेरिकी सैन्य बेस क्याम्पमा जवाफी कारबाही गरेको थियो । जनवरी ८ मा युक्रेनी विमान खसालेको पनि स्वीकार गरिसकेको छ ।
इरान अमेरिकाबीचको तनावलाई अमेरिकासँग व्यापार युद्ध चलिरहेको चीनले कसरी हेरिरहेको छन् भन्ने विषय विश्वको ध्यान गइरहेको छ ।
चीन र अमेरिकाबीचको व्यापार युद्ध समाधान हुन सकेको बेला हङकङ मामिलामा समेत अमेरिकाले हस्तक्षेप गरेको भन्दै आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चीनले अमेरिकालाई पटक पटक चेतावनी दिइरहेको छ ।
यहीबीच सिर्जना भएको अमेरिका इरान तनावले चीनलाई आर्थिक टाउको दुखाइ बनेको छ । किनभने चीनका लागि तेल निर्यात गर्ने मुख्य मूलुक इरान हो । इरानपछि चीनको तेल आयातका मुख्य स्रोतहरु साउदी अरेबिया र इराक रहेका छन् । चीनले यी मुलुकहरुबाट दैनिक एक लाख ब्यारेल कच्चा तेल आयात गर्दछ ।
तर, सन् २०१८ मा अमेरिकाले इरानमाथि आर्थिक प्रतिबन्ध लगाएपछि उक्त निर्यात घटेको हो । सन् २०१९ को नोभेम्बरमा चीनले एक महिनामा पाँच लाख ३९ हजार १०६ टन कच्चा तेल आयात गरेको थियो । चिनियाँ भन्सार कार्यालयको तथ्यांकअनुसार अप्रिलमा ३० लाख ४० हजार टन कच्चा तेल इरानबाट आयात गरेको थियो । इरान(अमेरिका तनावले चीनमा राजनीतिकभन्दा पनि व्यापार बढी प्रभावित भएको देखिन्छ । यदि चीनले अमेरिकाको इरान हस्तक्षेपबाट वाक्क भएर आफ्नो स्ट्याण्ड लियो भने तेश्रो विश्व युद्ध हुने निश्चित देखिन्छ ।
सन् २०१८ यता विश्वका ठूला अर्थतन्त्र भएका मुलुक अमेरिका र चीन व्यापार युद्धमा छन् । जसले चिनियाँ औधोगिक क्षेत्रमा प्रतक्ष असर पारेको छ । सन् २०१९ को अन्तिम तीन महिनाको आर्थिक वृद्धि ६ प्रतिशत थियो, जुन सन् १९९२ पछिको सबभन्दा कम हो । निर्यात र उत्पादनमा मन्दी लागेपछि चीनको आर्थिक वृद्धिदर तीन दशककै ओरालो लागेको हो ।
चीनको बृहत् टेलिकम्युनिकेसन कम्पनी हुवावेले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै अमेरिकाले प्रतिबन्ध लगाएको थियो ।
एजेन्सीको सहयोगमा