इलियानाले सामाजिक सञ्जालमा उडाइन् आफ्नै मजाक !

इलियाना डिक्रुजलाई बलिउडकी विन्दास अभिनेत्री पनि भन्ने गरिन्छ । उनी प्राय चर्चामा रहिरहन्छिन् । मिडियामा पनि खुलेर बोल्ने इलियानाले आफू ट्रोल हुँदा ट्रोलरलाई जवाफ मात्र फर्काउँदिनन्, सामाजिक सञ्जालमा आफ्नै मजाक पनि उडाउँछिन् ।

हालै उनी यस्तै गरी देखिइन् । इलियनाले एक इन्स्टाग्राम पोस्टमा तस्वीर र भिडियो शेयर गरेकी छिन् । भिडियोमा उनले फरक–फरक खालको भाव देखाएकी छिन् ।



उनले आफ्नो अनुहारको भावलाई लिएर आफैले पनि मजाक उडाएकी छिन् । उनले लेखेकी छिन् – के मैले कहिल्यै स्ट्रेट फेस राख्न सक्छु ?

फ्यानले उनको तस्वीरमा कैयन् कमेन्ट गरेका छन् । फ्यानले कमेन्टमा मजाक पनि गरेका छन् । इलियाना आफैले पनि यसलाई रमाइलाका रुपमा लिएकी छिन् ।

सम्बन्धित समाचार