‘पुनर्वास’ लाई सफलताको शुभकामना

आख्यान तथा हास्यव्यङ्यलाई आफ्नो लेखनीको आधार बनाएका साहित्यकार सर्वज्ञ वाग्लको नयाँ कृति ‘पुनर्वास’ (उपन्यास) निकट भविष्यमा नै लोकार्पण हुँदैछ । यही माघ १८ गते शनिबारका दिन काठमाडौंको प्रज्ञा भवनमा भव्य लोकार्पण गर्ने तयारीमा जुटेका साहित्यकार वाग्ले त्यही प्रयोजनका लागि नेपाल आउँदै छन् । केही वर्षदेखि उनी अमेरिकामा बस्दै आएका छन् ।

यसअघि पनि उनका जुवाघर (हास्यव्यङ्ग्य), क्यासिनो (कथासङ्ग्रह), युधिष्ठिर (कथासङ्ग्रह), साँडे (हास्यव्यङ्ग्य) गरी चारवटा कृति प्रकाशित गरिरकेका छन् भने ‘पुनर्वास’ उनको पाँचौं साहित्यिक कृति हो ।



साहित्यकार वाग्लेका अनुसार पुनर्वास उपन्यासमार्फत् उनी नेपालमाथि भारतीय कुदृष्टि तथा हेपाहा प्रवृत्तिको भण्डाफोर गर्दैछन् । उपन्यासमा वर्षौंदेखि नेपाली समाजमा जरा गाडेर बसेको कुरीति, अन्याय, अत्याचार, भ्रष्टाचारजस्ता सामाजिक विसङ्गतिहरू तथा अन्य समसामयिक विषयहरूलाई पनि व्यङ्ग्यको निशाना बनाएका छन् । उपन्यासभित्र अरू केके विषय समेटिएका छन्, त्यसका लागि भने माघ १८ सम्म कुर्नैपर्ने देखिन्छ ।

सम्बन्धित समाचार