‘गुड न्यूज’ ले कमायो दुई सय करोड

गत डिसेम्बर २७ बाट प्रदर्शनमा आएको अभिनेता अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ ले बक्स अफिसमा शानदार कमाई गर्दै दुई करोडको आँकडा पार गरेको छ । दर्शक र समीक्षकले अत्याधिक रुचाएको यस फिल्मले रिलिजको २४औ दिन २ सय करोड कमाई गरेको छ ।

बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले ३ दिनमा ५० करोड, ६ दिनमा सय करोड, १० दिनमा १५० करोड र २४ दिनमा २ सय करोड कमाई गरेको छ ।



फिल्ममा अक्षयका अलावा करीना कपूर खान, दिलजीत दोसान्झ र कियारा आडवाणी प्रमुख भूमिकामा छन् ।

कमेडी जनरामा बनेको यो फिल्म आइभीएफ प्रविधिबाट बच्चा जन्माउने विषयमा भएको भए पनि भरपुर मनोरञ्जन दिन्छ ।

फिल्मलाई राज मेहताले निर्देशन गरेका हुन् भने अक्षय कुमार, करण जोहर र शशांक खेतानले निर्माण गरेका हुन् ।

सम्बन्धित समाचार