रौँ ठाडो पार्ने हजार वर्ष पुरानो मृत शरीर अहिलेसम्म पनि उस्तै !

संसारका हरेक प्रकारका कहानी हामी पढ्ने र सुन्ने गर्छौ । यस प्रकारका कहानीहरु कुनै सत्य हुन्छन् भने कुनै काल्पनिक ।

मानिसहरुको मृत्युपछि शवलाई आ आफ्नो परम्परा अनुसार अन्तिम संस्कार गरिन्छ । तर केहि मृत शरीरहरु भने अझै पनि जस्ताको त्यस्तै छन् ।



यो घटनाले सबैलाई अचम्मित पार्छ तर हजारौँ वर्ष पहिलाका मृत शरीरहरु अझैपनि सुरक्षित राखिएको छ । हान राजवंश परिवारकी महिला जिन सुईको मृत शरिर अझैसम्म सुरक्षित राखिएको छ । जिन सुई एक राजनीतिज्ञकी पत्नी थिइन् ।

उनको मृत्यु १ सय ६३ इसाईपूर्वमा भएको थियो । जब सुईको मृत शरीर सन् १९७२ र २००० सालमा वैज्ञानिकहरुले गाडेकोे ठाउँबाट निकालेर हेरेका थिए तब उनको मृत शरीरमा रगतको मात्रा पनि थियो । साथै उनको हार्ट याट्याकका कारण भएको वैज्ञानिकहरुले पत्ता लगाएका थिए ।

इटलीकी काथोलिक सन्त बासिलिका डिन सान फ्रेडिआनो मे सेन्ट जीटाको मृत शरीर देखेर वैज्ञानिकहरु नै अचम्ममा परेका थिए ।

सेन्ट जीटाको मृत्यु सन् १२७२ मा भएको थियो । जब उनको मृत्यु भएको थियो तब उनको घरभन्दा माथि एउटा तारा देखिएको विश्वास गरिन्छ ।

उनको मृत शरीर सन् १५८० मा वैज्ञानिकहरुले गाढेको ठाउँबाट निकालेर हेरेका थिए । त्यो बेला सेन्ट जीटाको मृत शरीर केहि पनि नभएको देखेर वैज्ञानिकहरु नै आश्चर्यमा परेका थिए ।

दक्षिण अमेरिकाको एन्डिज पर्वतको उचाईमा एउटा ५ सय वर्ष पहिलेको मृत शरीर फेला परेको थियो । त्यहाँ एक महिलालाई बली दिएर गाडिएको थियो । उक्त मृत शरीर बर्फ जम्ने र अत्याधिक चिसाे ठाउँ भएका कारण वैज्ञानिकहरुले सकुसल फेला पारेका थिए ।

सिसलीको राजधानी पालेर्मोमा दुई वर्षकी बच्ची रोसालिआ लोम्बार्डोको मृत्यु सन् १९२० मा भएको थियो । लोम्बार्डोका पिताले एक्सपर्टस्को सहायताबाट आफ्नी छोरीको मृत शरीरलाई सुरक्षित राख्ने फैसला गरेका थिए ।

उनले छोरीको मृत शरीरलाई सुरक्षित राख्नका लागि अल्कोहल,सलीसाइलीक एसिड र ग्सिसरीनको मिश्रणबाट केमिकल तयार पारेर छोरीको मृत शरीर सुरक्षित राखेका थिए । एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार