कोरोना भाइरसको उत्पत्तिस्थलमा सार्वजनिक यातायात बन्द, १७ जनाको मृत्यु

११ मिलियन जनता रहेको चिनियाँ सहर वुहानमा सार्वजनिक यातायात अस्थायी रुपमा बन्द गरिएको छ । अहिले विभिन्न देशमा फैलिएको कोरोना भाइरसको उत्पत्ति वुहानमा नै भएको मानिएको छ ।

सो सहरमा भएका नागरिकलाई अन्यत्र नजान सल्लाह दिइएको छ । उनीहरु लुनार नयाँ वर्षको अवसरमा विभिन्न स्थानमा जान चाहन्थे ।



स्वासप्रस्वास सम्बन्धी यो संक्रमणको समश्या चीनका विभिन्न भागमा फैलिएको छ । अमेरिका, जापान, थाइल्याण्ड र दक्षिण कोरियामा समेत यस खालको समश्या देखिएको छ । अहिले सम्म ५०० मानिसलाई संक्रमण भएको र १७ जनाको मृत्यु भएको जनाइएको छ । ९बीबीसी०

सम्बन्धित समाचार