

अस्ट्रेलियामा डढेलो निभाउन उडेको एक विमान दुर्घटनामा परेको छ । यस दुर्घटनामा परी विमानमा सवार सबै ३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
बिहीबार बिहानै सम्पर्कविहिन भएको विमान दक्षिणी न्यु साउथ वेल्सको हिउँले भरिएको पहाडमा ठोक्किएको अवस्थामा भेटिएको जनाइएको छ।
क्यानेबरादेखि २ घन्टा टाढा उक्त क्षेत्रमा विमानमा सवार सबै मृत भेटिएका छन् ।
विमान दुर्घटनाको कारणबारे केही खुल्न सकेको छैन । अस्ट्रेलियामा अक्टोबर महिनादेखि भीषण आगलागी जारी छ ।
झाडीमा लागेको डढेलो जंगरभरी फैलिएको छ। हालसम्म यस डढेलोले अस्ट्रेलियाका २ हजारभन्दा बढी घर जलेर नष्ट भएका छन् ।
२८ जनाभन्दा बढीको मृत्यु हुनुका साथै जनावर, चरा, किरासहित करोडौं जीव मरेका छन् ।
