पेट दुखेर अस्पताल पुगेका पुरुषलाई गर्भवती भएको भनेपछि

भारत यस्तो देश हो जहाँ दैनिक दुनियाँलाई अचम्मित पार्ने घटनाहरू सार्वजनिक भइरहन्छन् । महिला गर्भवती हुनु त सामान्य नै हो । केही पुरुषहरू पनि लिंग परिवर्तन गरेर गर्भवती हुने कुरा पनि खासै नौलो होइन ।

तर भारतको उत्तर प्रदेशमा एक युवक नै गर्भवती भएको रिपोर्ट सार्वजनिक भएको खबर अहिले चर्चामा छ । पेट दुखेर उपचारका लागि अस्पताल पुगेका युवकलाई अस्पतालले गर्भवती भएको रिपोर्ट हातमा थमाएपछि युवक आफैं चकित परेका छन् ।



एक युवक कसरी गर्भवती भए भन्ने विषयमा धेरैले सोधीखोजी गर्न थालेका छन् । कासगञ्ज जिल्लाको अलिगञ्जका २२ वर्षीय सिमेन्ट फ्याक्ट्रीमा काम गर्ने दर्शन नामका ती युवकको पेट केही महिनादेखि दुख्न सुरु भएको थियो ।

पेट दुखाइको पीडा खप्न नसकेपछि उनी उपचारका लागि अलिगढस्थित रामद्दाट रोडमा रहेको सनराइज अस्पतालमा पुगे । युवकले अस्पतालमा केही महिनायता पेटमा अत्यधिक पीडा महसुस भएको खबर डाक्टरलाई बताएपछि डाक्टरले उनलाई अल्ट्रासाउण्ड गर्न सल्ल्लाह दिए । त्यसपछि डाक्टरले उनको सबै शरीरको परीक्षण गरे ।

दिनभरको परीक्षणपछि बेलुकाको समयमा उनको रिपोर्ट निकालियो । जब रिपोर्ट डाक्टरले हेरे त्यसपछि डाक्टर स्वयम् अचम्मममा परे । किनभने युवकको रिपोर्टमा गर्भ रहेको तथ्य बाहिरियो । डाक्टरले उनलाई पेटमा बच्चा भएका कारण धेरै पीडा हुने गरेको बताए ।

अल्ट्रासाउण्डको रिपोर्टअनुसार पनि दर्शनको पेटमा बच्चा रहेको कुरा पत्ता लागेको छ । उनको पेटमा रहेको बच्चादानीको नली (फिलोपियन ट्युब) मा गर्भ रहेको कुरा डाक्टरले बताएका हुन् । एक डाक्टरको कुरा नपत्याएर दर्शनले उक्त रिपोर्टका साथ अर्को डाक्टरकहाँ पुगे तर उनलाई त्यहाँ पनि गर्भवती भएको कुरा सुनाए । उक्त डाक्टरले पनि गर्भ रहेको कुरा बताए ।

अर्का डाक्टरको कुरा सुनेपछि दर्शनको होस नै उड्यो र उनी बेहोस भए । अस्पतालले मजाक गरिरहेको भन्ने लागेर उनले बेहोसीबाट उठेपछि केही मानिसहरूको सल्लाहबमोजिम जिल्ला अधिकारीकहाँ रिपोर्ट गरेका छन् । अस्पतालका केही डाक्टरले भने दर्शनभन्दा अगाडि कोही महिलाको रिपोर्ट उनलाई परेको हुन सक्ने शंका गरेका छन् । दर्शनको रिपोर्ट बनाउने डाक्टर आलोक गुप्ताले भने गल्तीले रिपोर्ट बनेको स्वीकारेका छन् । एजेन्सी

सम्बन्धित समाचार