भुलक्कड वैज्ञानिक आइज्याक न्यूटन

आइज्याक न्यूटन धेरै भुलक्कड वैज्ञानिक थिए । उनि कहिलेकाहीँ सामान्य कुरा पनि छिनभरमै भुल्थे । एकपटक उनी घोडामाथि चढेर एउटा गाउँतिर गइरहेका थिए । उकालो ओरालो छिचोल्दै उनि गाउँमा पुग्नै लागेका थिए ।

बाटोमा एउटा ठूलो पहाड देखियो । अनि ओर्लेर घोडाको डोरी समाएर पैदल नै हिड्न थाले । पैदल हिड्दै गर्दा उनको दिमागमा अचानक गणित सम्बन्धी एउटा समस्या आइलाग्यो । उनी त्यो समस्याको समाधान खोज्न लागे ।



जब प्रश्न समाधान भयो र उनको तन्द्रा छुट्यो तब उनले देखे कि, उनको घोडा फर्केर घरतिर गइसकेको रहेछ र उनी मात्र डोरी समाएर लुखुरलुखुर हिडिरहेका रहेछन् ।

सम्बन्धित समाचार