यहाँ उल्टो दिशामा चल्छन् घडी र गाडी !

विश्वमा घडी सबैका लागि महत्वपूर्ण छ  किनभने घडी बिना समय कति भयो भन्ने कुरा थाहा नै हुँदैन । यदि घडी भएन भने संसारमा भएको सन्तुलन बिग्रिन सक्छ ।

तपाईहरुले घडि सुल्टो चलेको मात्र देख्नु भएको होला तर उल्टो चल्ने घडीको बारेमा कसैलाई थाहा नहुन सक्छ । भारतको छत्तिस गढमा कोरबा नाम गरेको ठाउँ छ ।



त्यहाँ जति पनि घडी छन्, ती सबै उल्टो दिशामा चल्छन् । कोरबामा एउटा आदिवासी शक्तिसँग सम्बन्धित एक ठाउँ छ । त्यहाँ गोन्ड जातका आदिवासीहरु बसोबास गर्छन् ।

ती आदिवासीहरुको घरमा जति पनि घडी छन्, ति सबै घडि उल्टो चल्छन् । ति सबै घडीहरु ‘एन्टी क्लक वाइज’ चल्ने गर्छन् । हामीलाई यो सुन्दा अचम्म लाग्छ तर त्यहाँका बासिन्दाका लागि यो आम कुरा हो ।

त्यहाँका घडीहरु बायाँ तर्फबाट दायाँ तर्फ घुम्छन् । तर आम घडिहरु भने दायाँ तर्फबाट बायाँ तर्फ घुम्ने गर्छन् । सूर्य तथा चन्द्रमा पनि बायाँ तर्फबाट दायाँ तिर घुम्ने हुनाले घडी पनि सोही दिशामा घुम्नुपर्ने उनीहरुको भनाई छ ।

त्यहाँका मानिसहरु प्रकृतिलाई आफ्नो देवता मान्छन् । त्यसैले उनीहरुले गाडी चलाउँदा पनि उल्टो दिशामा नै चलाउँछन् । एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार