कोरोना भाइरसको संक्रमण नेपालपछि युरोपमा पनि भेटियो, चीनमा ज्यान गुमाउनेको संख्या ४१ पुग्यो

चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । हुवेई प्रान्तमा थप १५ जनाको ज्यान गएसँगै यो भाइरसबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो । कोरोनाबाट १ हजार २ सय ८७ जना संक्रमित रहेका बीबीसीले जनाएको छ । यो भाइरसको संक्रमण युरोपमा पनि पुगेको पुष्टि भएको छ । चीनमा तिब्र गतिमा फैलिरहेको यो भाइरसको संक्रमण फ्रान्सका तीन जनामा देखिएको पुष्टी भएको बीबीसीले जनाएको छ ।

नेपालमा पुष्टी भएसँगै कोरोना भाइरसको संक्रमण युरोपमा पनि पुगेको पुष्टि भएको छ । चीनमा तीब्र गतिमा फैलिरहेको यो भाइरसको संक्रमण फ्रान्सका तीन जनामा पनि देखिएको पुष्टी भएको बीबीसीले जनाएको छ ।



फ्रान्सको पेरिसमा दुई र बोर्डोउमा एक जनामा यो भारइस देखिएको त्यहाँका स्वास्थ्य मन्त्रीले पुष्टि गरेका हुने । यसैगरी, अमेरिकामा दोस्रो व्यक्तिमा पनि कोरोना भाइरस भएको पुष्टी भएको छ भने थाइल्याण्डमा ५, सिंगापुरमा तीन, भियतनाम र दक्षिण कोरियामा दुई दुई तथा ताइवान र नेपालमा एक एक जनामा कोरोना भाइरस भएको पुष्टी भएको छ ।

बेलायत र क्यानाडामा पनि संक्रमित भएको अनुमानमा परीक्षण भैरहेको छ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा २६ जनाको ज्यान गैसकेको छ भने ८ सय ३० जना संक्रमित भएका छन् ।

नयाँ वर्षको अवसरमा हुने आवागमनबाट कोरोना भाइरस झन् फैलने भन्दै चीन सरकारले विभिन्न १३ शहरमा यातायातमा रोक लगाएको छ ।

वुहानमा सबै प्रकारका यातायातका साधन चल्न रोक लगाइएको छ । यसैगरी वुहानमा कोरोना संक्रमितलाई राख्नको लागि एक हजार शैयाको अस्पताल ६ दिनभित्र बनाइसक्ने गरी धमाधम काम भैरहेको छ । वुहान शहरमा नै कोरोना भाइरसको पहिलो संक्रमण देखिएको थियो ।

सम्बन्धित समाचार