कानपुरमा हुने सोनाम ल्होछार सांस्कृतिक कार्यक्रममा बल्छी धुर्बेले हँसाउने

काभ्रेको नमोबुद्ध नगरपालिका कानपुरमा हुन लागेको सोनाम ल्होछार बिशेष सांस्कृतिक कार्यक्रममा हास्य कलाकार मरिचमान श्रेष्ट (बल्छी धुर्बे)ले बिषेश प्रस्तुति दिने भएका छन् । यहि माद्द १७ र १८ गते हुन गैरहेको उक्त सांस्कृतिक कार्यक्रममा अन्य ख्यातीप्राप्त कलाकारहरुको पनि प्रस्तुति रहने आयोजक समितिले जानकारी दिएको छ ।

मन्जुश्री सम्बत २८५६ को पावन अवसरमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको सोनाम ल्होछार आयोजक समितिले जानकारी दिएको छ । २८५६ औं सोनाम ल्होछार ‘जिवा’ नम्युङ ल्हो अर्थात मुसा बर्गको को अवसरमा आयोजित उक्त कार्यक्रममा १७ गते स्थानिय लामागुरुहरु बाट पुजा पाठ सहित स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहनेछ ।



त्यसैगरी १८ गते प्रतिनिधि सभा सदस्य माननीय गङ्ग बहादुर दोङ (बम्ध्वोज)को प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रमको साथै साङ्गितिक कार्यक्रम रहने कुरा आयोजक समितिका संयोजक सिङ्ग लामाले जानकारी दिए ।

सम्बन्धित समाचार