चीनले आविस्कार गर्‍यो कोरोना भाइरस विरुद्धको ‘स्प्रे’

कोरोना संक्रमणका कारण चीन अहिले निकै तनाव अनि चुनौतिवाट गुज्रिरहेको छ। एक साता नबित्दै दर्जनौं देशमा फैलिएको यो भाइरसले संसारभरको ध्यान खिचेको छ । वुहान सहरबाट फैलिएको यो सङ्क्रमणकै कारण विश्वभर फैलन सक्ने अनुमान गरिएको छ। चीनले कोरोना भाइरसको विरुद्ध लड्नका लागि हरसंभव कसरत गरिरहेको छ।

६ दिनमा नै १० हजार जनाको उपचार गर्न सक्ने गरि बनाउन आँटेको अस्पतालको पनि संसारभर चर्चा भैरहेको छ । अनेकौँ प्रयास गरिरहेको चीनले यसको औसधि पनि बनाएको खबर प्राप्त भएको छ ।



चीनको निकै लोकप्रिय पत्रिका ‘पीपल्स डेली चाइना’का अनुसार चीनको सांघाई हेल्थ सेन्टरले कोरोना भाइरस विरुद्ध लड्न सक्ने स्प्रेको आविस्कार गरेको छ । उक्त पत्रिकाका अनुसार यसको सफल परिक्षण पनि गरेको छ ।

यसको आधिकारीक ट्वीटर ह्याण्डलमा भर्खरै प्राप्त एउटा पोष्टमा यो जानकारी दिइएको छ । जसका अनुसार सांघाई हेल्थ सेन्टरले यसरी कोरोना भाइरसका बिरुद्ध लड्नका लागि स्प्रेको विकास गरि सफल परीक्षण समेत गरिसकेको छ।

यद्धपी यस्ता स्प्रेहरु अहिलेसम्म सामान्य जनताको प्रयोगार्थ उपलब्धता भनें छैन । यस्ता स्प्रे लाई मुखमा छर्केर कोरोना भाइरसको बिरुद्ध आफूलाई सर्न नदिने क्षमता विकास गर्न सकिन्छ ।

यी स्प्रेहरु फ्रन्टलाइनमा रहेका स्वास्थकर्मीलाई प्रयोगार्थ बनाइएको बताइएको छ । यदि यो खबर सत्य हो भनें यस महामारीबाट बच्न बिश्वजगतको जनस्वास्थका लागि नै चीनको यो सर्वाधिक ठूलो देन हुनेछ ।

सम्बन्धित समाचार