आइपिएलको मिति तोकियो, लागु हुँदै छन् यी नयाँ नियम

बहुचर्चित टी-२० लिग इन्डियन प्रिमियर लिग (आइपिएल) अन्ततस् आगामी मार्च २९ बाट नै शुरु हुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड र आइपिएलको गभर्निंग काउन्सिलको बैठकले सोमबार मार्च २९ बाट नै आइपिएल शुरु हुने निर्णय गरेको हो ।

त्यस्तै आइपिएलको फाइनल खेल मे २४ मा मुम्बईमा हुने निर्णय गरेको छ । यस अघि आइपिएलका खेल हुने समय परिवर्तन हुने चर्चा चलेको भएपनि बोर्डले पहिलेकै समयमा अपराहन्न ४ र रति ८ बजेदेखि नै खेलहरु शुरु हुने निर्णय गरेको छ ।



त्यस्तै आउदो सिजनको आइपिएलमा केहि नयाँ नियम पनि लागु हुने भएका छन् । आइपिएलमा खेलका क्रममा खेलाडी घाइते भएमा ब्याट्सम्यान परिवर्तन गर्न पाउने नियम कनक्शन लागु गरिएको छ । अहिले टेस्ट क्रिकेटमा यो नियम लागु गरिएको छ । त्यस्तै नो बलको निर्णय तेस्रो एम्पायरले लिने नियम पनि लागु हुने भएको छ ।

त्यस्तै आइपिएल अघि यस पटक च्यारिटीका लागि अल स्टार खेल हुने भएको छ । आइपिएलमा भाग लिने सबै अन्तर्राष्ट्रिय क्रिकेटर सम्मिलित अल स्टार खेल आयोजना हुने भएको हो । अल स्टार खेल कुन च्यारिटीका लागि गर्न लागिएको बारे काउन्सिलले प्रष्ट पारेको छैन ।

आइपिएलको यस अघि १२ औं संस्करण सम्पन्न भइसकेका छन् । यस सिजनमा नेपाली खेलाडी सन्दीप लामिछानेले तेस्रो पटक आइपिएलमा सहभागिता जनाउदै छन् । सन्दीपलाई दिल्ली क्यापिटलले लगातार दोस्रो पटक रिटेन गरेको छ ।

सम्बन्धित समाचार