काेराेना भाइरससँगको लडाई चीनले जित्छः सी जिनपीङ्

चिनियाँ राष्ट्रपति सी जिनपीङ्ले चीनले दुष्ट भाइरससँग लडिरहेको भन्दै सो लडाइँ आफ्नो देशले जित्नेमा आफू विश्वस्त रहेको बताएका छन्। चीन भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयसस सँगको भेटवार्तामा राष्ट्रपति सी ले कोरोनाभाइरस सङ्क्रमण फैलन रोक्ने कामको निर्देशन आफ्नै अगुवाइमा भइरहेको बताए।

चीनका एकजना अत्यन्त सम्मानित स्वास्थ्य विज्ञ जोङ नान्सानले सरकारी सञ्चारमाध्यममा अबको दश दिनमा सङ्क्रमण उच्च तहमा पुग्ने बताएका छन्। जसको अर्थ हुन्छ त्यसपछि सङ्क्रमण घट्दै जानेछ।



कोरोनाभाइरस सङ्क्रमणको केन्द्रमा रहेको हुबेइ प्रान्तका अधिकारीहरूले त्यहाँ थप २५ जनाको ज्यान गएको र थप ८ सय सङ्क्रमण भएको आँकडा दिएका छन्। हालसम्म कोरोना भाइरस सङ्क्रमणबाट चीनमा १३२ जनाको ज्यान गइसकेको छ ।

सम्बन्धित समाचार