चार कक्षाको विद्यार्थीमाथि भारतमा ‘देशद्रोह’ को मुद्दा

चार कक्षामा अध्ययनरत एक विद्यार्थीविरुद्ध भारतमा देशद्रोहको मुद्दा दर्ता भएको छ । नागरिकता ऐन संशोधनसम्बन्धी नाटकमा अभिनय गरेको आरोपमा एक विद्यालयका विद्यार्थीलाई कर्नाटक प्रहरीले देशद्रोहसम्बन्धी मुद्दा लगाएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छ । भारतको समसामयिक विषयमा बनेको नाटक व्यवस्थापनविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

नाटकले राजद्रोह र शान्ति भङ्ग गरेको स्थानीय प्रशासनले आरोप लगाएको छ । नागरिक ऐन संशोधनसम्बन्धी नाटकको दृष्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छवि कलङ्कित गरिएको दाबी प्रहरी प्रशासनको छ ।



यता ‘देशद्रोह’ को अर्थ समेत राम्ररी नबुझ्ने विद्यार्थीमाथि लगाइएको यो अभियोग जायज नभएको भन्दै प्रहरी प्रशासनको कदमको विरोध समेत भएको छ ।

सम्बन्धित समाचार