कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ७० पुग्यो

चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बुधबार १ सय ७० पुगेको छ । यसका साथै कोरोना भाइरसका १ हजार ७ सय नयाँ व्यक्ति संक्रमित भएको पुष्टि भएको छ ।

नयाँ आँकडा सार्वजनिक भएपछि संसारभरी कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या ७ हजार ७ सय ११ पुगिसकेको छ भने संदिग्धको संख्या १२ हजार १ सय ६७ बताइएको छ । डाक्टरका अनुसार संक्रमित व्यक्तिमध्ये हरेक पाँचमध्ये एक व्यक्तिमा गम्भीर निमोनियाका लक्षण देखिएको छ ।



विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एडहेनोमले भनेका छन्, ‘कोरोना भाइरसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गर्ने या नगर्ने बारे निर्णय हुनेछ ।’

उनले यो समस्या अन्तर्राष्ट्रिय स्तरमा फैलने आशंका भएको र संसारभरीका देश यससँग लड्नका लागि तयार हुनुपर्ने बताएका छन् ।

सम्बन्धित समाचार