श्रीमान विदेश, श्रीमती भइन् गर्भवती, भन्छिन्-‘श्रीमान सपनामा आएर गर्भवती बनाए’

भारतको जगदीशपुरमा अचम्मको घटना घटेको छ । श्रीमान डेढ वर्षदेखि कोलकोतामा काम गरिरहेका छन् । उनीहरुका डेढ वर्षिया छोरा पनि छन् । यसैबीच श्रीमती कसरी गर्भवती भइन् भनेर प्रश्न गरिनु सामान्य कुरा हो ।

भाउजु गर्भवती भएको थाहा पाएपछि नन्द पुलिसकोमा पुगेकी छिन् । उनले भाउजु ३ महिनादेखि गर्भवती भएको बताइन् । यसैबिच ती युवतीलाई पनि यसबारे उनका श्रीमानले प्रश्न गर्न थाले ।



पछि उनलाई घरबाट निकाल्न खोजिएपछि ती युवतीले आफ्नो गर्भमा भएको बच्चा आफ्नै श्रीमानको भएको दावी गरिन् । उनले आफ्नो सपनामा श्रीमान दिनहुँ आउने गरेको र र उनले सपनामै आफूसँग शारिरीक सम्पर्क गरेकाले आफू गर्भवती भएको बताइन् ।

उनको जवाफ सुनेर सबै छक्क परे ।  पछि थाहा भयो कि उनले एक युवकसँग दिनहुँ फोन सम्पर्क गर्ने गरेकी रहिछिन् र बच्चा पनि उनकै रहेछ ।

सम्बन्धित समाचार