एउटै मण्डपमा साली र श्रीमतीसँग बिहे !

प्राय : मानिसले जीवनकालमा एक पटक मात्र विवाह गर्दछन् । कहिलेकाही जीवन साथीसँगको खटपट वा अन्य कारणले अर्को विवाह पनि हुने गर्छ । तर कोहि व्यक्तिले एकै पटक दुई महिलासँग विवाह गर्न सक्ला र रु त्यो पनि आफ्नो पत्नी र सालीसँग ।

अहिले एक व्यक्तिले एकै मण्डपमा आफ्नी पत्नी र सालीसँग बिहे गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भारतको मध्यप्रदेशस्थित भिन्ड जिल्लाको गुदावली गाउँका एक सरपञ्च ९मुखिया०ले सालीसँग बिहे गरेका छन् । अनौठो त त्यहाँ भयो जब उनले साली भित्र्याउँदा आफ्नी श्रीमतीसँग दोस्रो बिहे गरेका छन् । त्यो पनि एकै मण्डपमा ।



गुदावलीका सरपञ्च ३५ बर्षीय दिलीप परिहारले ९ बर्ष अघि विनितादेवीसँग विवाह गरेका थिए । अहिले विनितादेवी २८ बर्षकी भइन् र उनीबाट ३ सन्तान पनि भैसकेका छन् ।

बिनिता एकाएक बिरामी भएपछि उनले घरमा फेरी साली भित्र्याउने तयारी गरेका थिए । अनि उनले बिनिताकै मामाकी छोरी २२ वर्षीया रचनालाई दोस्री दुलही बनाउने योजना बनाएका हुन् । त्यही बिहेको मण्डपमा रचनालाई स्वयम्बरको माला पहिराएपछि फेरि दिलीपले पहिली पत्नी बिनितालाई पनि स्वयम्बरमाला पहिराएका छन् ।

सार्वजनिक भिडियोमा विवाह अघि दुबै दिदिबहिनी बेहुलीको पहिरनमा वरमाला लगाएर दिलीपको दायाँबायाँ आउछन् र दिलिपले पालैपालो दुबैलाई माला लगाएर विवाह गरेको देखिन्छ ।

कानूनी र धार्मिक मान्यता अनुसार दोस्रो बिहे गर्न नमिलेपनि अहिलेसम्म दिलिपविरुद्ध उजुरी परेको छैन् । उजुरी परे कारबाही प्रक्रिया अघिबढ्ने स्थानीय प्रहरीले जनाएको छ ।

यता विवाहको भिडियो सार्वजनिक भएपछि दिलीपलाई यस बिषयमा धेरैले प्रश्न गर्न थालेका छन् । जसमा उनले आफ्नो पहिलो पत्नी बिनितिदेवीको स्वास्थ्य खराब भएकाले सन्तानको रेखदेखका लागि साली रचनासंग विवाह गरेको बताएका छन् । आफ्नो दोस्रो विवाहका लागि पहिली श्रीमतीको अनुमति लिएको पनि उनले बताएका छन् ।

सम्बन्धित समाचार