प्रतिष्ठानमा आएका बिमारीमा कोरोना भाइरस सङ्क्रमणको अशङ्का

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका एक बिरामीलाई कोरोना भाइरस सङ्क्रमण भएको आशङ्कामा अस्पतालले परीक्षणका लागि राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा पठाएको छ ।

उच्च ज्वरो र घाँटीको दुःखाइका कारण उनी उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा बिहीवार भर्ना भएका थिए । उनलाई बिहीबार साँझ नै काठमाडौं पठाइएको अकास्मिक कक्षका प्रमुख डा ज्ञानेन्द्र मल्लले जानकारी दिए । उपचारका लागि आएको बिरामीलाई तीन दिनदेखि १०३ डिग्रीसम्म ज्वरो आएको उनले बताए ।



धरान–११ घर भएका उनी पाँच दिनअघि मात्र दक्षिण कोरियाबाट नेपाल आएको बताइएको छ । उनी कोरियामा हुँदै भाइरसको चर्चा भएको र उनी आफै भाइरसको शङ्का गरेपछि मेडिसिन विभाग र प्रतिष्ठानको विज्ञ टोलीसँगको परामर्श गरी उनलाई परीक्षणका लागि टेकु पठाइएको डा मल्लले बताए ।

प्रतिष्ठानमा उक्त भाइरस भए नभएको परीक्षण गर्ने किट छैन् । प्रतिष्ठानले बिहीवार नै अस्पताल निर्देशकको संयोजकत्वमा १२ सदस्यीय यार्पिड रेस्पोन्स टिमसमेत बनाएको छ ।

सम्बन्धित समाचार