चीनमा मानिसहरुले सेनेटरी प्याड र ब्रालाई मास्क बनाएपछि…

घातक कोरोना भाइरसका कारण विश्वभरि १० हजार मानिस संक्रमित बनेका छन् । ती मध्ये ९ हजार ७ सय मानिस चीनका छन् । भाइरसका कारण अहिलेसम्म ३०० भन्दा बढीको मृत्यु भएको छ ।

भाइरसको त्राससँगै चीनमा मास्कको माग पनि बढेको छ। तर, कतिपय ठाँउमा मास्क नपाएपछि मानिसहरुले सेनेटरी प्याड, ब्रा लाईनै मास्क बनाएको फोटो सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।



कसैले प्लाष्टिक बोतल, फलफूलहरुलाई पनि मास्क बनाएका छन् । कोरोना भाइरसबाट बच्नको लागि सर्जिकल मास्क अपुग भएपछि मानिसहरुले विचित्रको मास्क लगाउने गरेका छन् ।

कोरोना भाइरसबाट बच्न मानिस जस्तोसुकै कदम उठाउन बाध्य बनेका हुन् । अमेरिका, बेलायत, कोरिया लगायतका देशले चिनियाँ नागरिकलाई सर्जिकल मास्क सहयोग गरेका छन् ।

सम्बन्धित समाचार