न्युजील्याण्डविरुद्ध खेल्ने भारतीय टेस्ट टिमको घोषणा गरिएको छ । बुधबारदेखि शुरु हुने ३ खेलको एकदिवसीय खेलपछि भारत र न्युजील्याण्ड २ खेलको टेस्ट सिरिज खेल्दै छन् ।
घोषणा गरिएको टीममा चोटका कारण रोहित शर्मा बाहिर रहेका छन् भने इशान्त शर्माको फिटनेस टेस्टका आधारमा टिममा राखिएको छ । उनी फिट भएका न्युजील्याण्डविरुद्ध खेल्न सक्ने बताइएको छ ।
भारतीय टेस्ट टिममा प्रतिबन्ध पछि पृथ्वी शाको पुनरागमन भएको छ । उनी एकदिवसीय सिरिज पनि खेल्दै छन् । टी-२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका केएल राहुललाई भने टेस्ट टिमबाट बाहिर राखिएको छ ।
भारतीय टेस्ट टिम स् विराट कोहली ९कप्तान०, मयंक अग्रवाल, पृथ्वी शा, शुभमन गील, चैतेश्वर पुजारा, आजिख्य रहाने (उपकप्तान), हनुमा विहारी, रिद्धिमान शाह, रिषव पन्त, आर आश्विन, रविन्द्र जडेजा, जसप्रित बुमराह, उमेश यादव, मोहमद सामी, नवदीप सैनी, इशान्त शर्मा (फिट भएमा) ।