कोरोनाभाइरस संक्रमणको आशंकामा बाबुलाई उपचारमा राखिएपछि मस्तिष्क-पक्षघात (सेरिबल पल्सी) बाट पीडित उनको छोराको मृत्यु भएको छ ।
पिता र भाईबाट छुट्याएर एक्लै राखिएका यान चेङलाई एक सातापछि गत बुधवार मृत फेला पारिएको थियो । चेङको मृत्यु भएपछि दुई अधिकारीलाई पदमुक्त गरिएको छ ।
कारबाहीमा पर्नेमा चिनियाँ कम्युनिस्ट पार्टीका स्थानीय सचिव र हुएच्याहका नगरप्रमुख छन् । यान चेङबारे अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा भईरहेको छ ।
उनको परिवार कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु मानिएको हुबे प्रान्तको बासिन्दा हुन् । स्थानीय सञ्चारमाध्यमका अनुसार उनका पिताले लोकप्रिय चिनियाँ सामाजिक सञ्जाल वेबोमा सहयोगको याचना गर्दै लेखेका थिए ।
उनका अनुसार यान चेङलाई खानेकुरा र पानीबिना एक्लै छोडिएको थियो । चिनियाँ अधिकारीहरूले पहिला ती किशोरको मृत्युबारे छानबिन हुने घोषणा गरेका थिए ।
कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछि चीनमा कम्तीमा ४२५ जनाको मृत्यु भइसकेको छ भने २०,००० जनाभन्दा बढीमा सङ्क्रमण भएको पुष्टि भएको छ।
चीनबाहिर विभिन्न देशमा पनि सङ्क्रमित व्यक्तिहरू फेला परेका छन् ।