चीनमा कोरोनाले ४९० जनाको ज्यान लियो, २५ हजारमा संक्रमण

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ सय ९० पुगेको छ। चीनको स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलवार थप ६५ जनाको ज्यान गएको जनाएको छ । मन्त्रालयका अनुसार एक दिनमा थप ३ हजार ९ सय ७१ जनामा थप भाइरसको संक्रमण भेटिएको जनाएको छ ।

थप मृत्यु हुने ६५ जना नै वुहान प्रान्तका रहेका छन् । आज सार्वजनिक भएको तथ्यांकमा ४ सय ३१ जना गम्भीर बिरामी रहेका छन्। अस्पातलबाट २ सय ६२ जना उपचारपछि घर फर्किसकेका छन् । समग्रमा अहिलेसम्म २४ हजार ३ सय २४ जना बिरामी रहका छन्। ति मध्ये २३ हजार २ सय ६० जनामा भाइरस पुष्टि भएको छ ।



अहिले सम्म चीनमा २ लाख ५२ हजर १ सय २४ जनामा भाइरसको संक्रमणको शंका रहेको भन्दै १ लाख ८५ हजार ५ सय ५५ जना प्रत्यक्ष निगरानीमा रहेका छन् । पहिलो पटक चीन बाहिर फिलिपिन्समा १ जना र हङकङमा १ जनाको ज्यान गएको छ। नेपालसहित छिमेकी भारत र अन्य २० देशमा यो भाइरसको संक्रमण भेटिएको छ।

सम्बन्धित समाचार