विवाहको १२ दिनमै ‘डिभोर्स’

हलिउडकी चर्चित नायिका पामेला एन्डरसनले यही जनवरी १९ मा निर्माता जोन पिटर्ससँग पाँचौं विवाह गरेकी थिइन्। तर विवाहको १२ दिनपछि पामेला र जोन अलग्गिएका छन् ।

समाचारअनुसार पामेला ब्रेक लिन चाहन्थिन्, त्यसैले उनले जोन पिटर्ससँग १२ दिनअघि भएको विवाह तोडिन्। जोन र उनका युनियनका सदस्यहरूबाट पाएको स्नेहबाट आफू निकै खुसी भएको पामेलाले बताएकी छिन् ।



स्मरण रहोस्, जोन पिटर्सअघि पामेला एन्डरसनले चार विवाह गरिसकेकी छिन् । ५२ वर्षीया पामेलाले पहिलो विवाह अमेरिकी संगीतकर्मी टोमी लीसँग गरेकी थिइन्। विवाहको तीन वर्षपछि नै यी दुई अलग भए ।

त्यसपछि उनले किड रकसँग जोडी बाँधिन् । रकसँग वैवाहिक सम्बन्ध नराम्रो भएपछि उनले फिल्म निर्माता रिक सोलोमनसँग विवाह गरिन् । पछि उनको सोलोमनसँग पनि सम्बन्धविच्छेद भयो । सम्बन्धविच्छेद पछि पुनः साथै देखिए पनि सम्बन्ध धेरै दिनसम्म टिकेन ।

सम्बन्धित समाचार