अयोध्यामा राम मन्दिर बनाउन ट्रस्ट बनाएको मोदीको घोषणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार लोकसभामा अयोध्यामा राम मन्दिर निर्माणका लागि स्वायत्त ट्रस्ट गठन गरेको जानकारी दिएका छन् ।

सर्वोच्च अदालतको आदेश अनुसार नै राम मन्दिर निर्माणका लागि स्वायत्त ट्रस्ट बनाएको प्रधानमन्त्री मोदीले लोकसभामा जानकारी दिएका हुन् ।



सर्वोच्च अदालतले अयोध्या मुद्दामा फैसला गर्दै केन्द्र सरकारलाई मन्दिर निर्माणका लागि तीन महिना भित्र ट्रस्ट बनाउन भनेको थियो । सर्वोच्च अदालतले दिएको समय फेब्रुअरी ९ मा सकिँदै छ ।

प्रधानमन्त्री मोदीले संसदमा बुधबार भने, ‘आज बिहान भएको केन्द्रीय मन्त्रीमण्डलको बैठकले सर्वोच्च अदालतको आदेशलाई ध्यानमा राख्दै महत्वपूर्ण निर्णय लिएको छ । मेरो सरकारले सर्वोच्च अदालतले दिएको आदेश अनुसार नै भगवान रामको जन्मस्थलमा भव्य मन्दिर बनाउन र यस सम्बन्धित अरु विषयका लागि बृहत योजना तयार पारेको छ ।’

सर्वोच्चको आदेश अनुसार गहन विचार विमर्श तथा संवादपछि ट्रस्ट बनाइएको उनले बताएका छन् । ट्रस्टमा १५ जना सदस्य रहने छन् ।

सम्बन्धित समाचार