के बलिउडमा सनी लियोनीको करिअर सकिएकै हो त?

पछिल्ला वर्ष सनी लियोनीका हिन्दी फिल्म रिलिज भएका छैनन् । बरु उनको आइटम गीत रहेको ‘पासवर्ड’ का कारण नेपालमा उनको चर्चा भयो ।

पछिल्लो समय बलिउडमा उनले काम गरेका फिल्ममा सनीको भूमिका मुख्य थिएन ।



अहिले बलिउडमा सनीको करिअर सकिएको विषयलाई लिएर टिप्पणी हुन थालेको छ । के बलिउड निर्माता निर्देशकले सनीलाई फिल्ममा लिन नचाहेका हुन्रु

आश्चर्यको कुरा त के छ भने गुगलमा सबैभन्दा खोजिने अभिनेत्री सनी लियोनी नै हुन् । अझै पनि कतिले उनलाई लिड रोलमा लिएर फिल्म बनाउन चाहन्छन् ।

सनीले जस्तो खालको फिल्म चाहिरहेकी छिन्, त्यस्तो फिल्ममा काम गर्ने मौका जुरेको छैन ।

उनलाई धेरैजसो बी र सी ग्रेडका मेकरले अफर गरिरहेका हुन्छन् । जुन फिल्ममा हट सिन हुन्छन्, त्यो फिल्ममा सनीले काम पाइरहेकी छिन् ।

सनीले अझै पनि आफू कस्तो कलाकार भनेर प्रमाणित गर्न सक्ने फिल्ममा काम गर्न पाएकी छैनिन् । कतिले भने अब बलिउडमा सनीको करिअर सकिएको भनेर विश्लेषण गर्न थालेका छन् ।

सम्बन्धित समाचार