प्रेम गीत–३’ को पहिलो गीतलाई दर्शकले रुचाए, युट्युबमा नम्बर वानमा ट्रेन्डिङ

यस बर्षको बहुप्रतिक्षित फिल्म ‘प्रेम गीत–३’ को पहिलो गीत सार्वजनिक हुनासाथ दर्शकले अत्याधिक मन पराएका छन् ।

यहि मंगलबार सार्वजनिक भएको ‘हात्ति ढुङ्गा’मा बोलको गीत युट्युबमा पहिलो नम्बरमा ट्रेन्डिङमा रहेको छ भने यस गीतलाई अहिलेसम्म १० लाखले हेरिसकेका छन् ।



नेपाली सिनेमाप्रेमी माझ छुट्टै स्टारडम बनाउन सफल अभिनेता प्रदीप खड्का प्रेम गीत फिल्मबाटै कलिवुडमा शानदार सुरुवात गरेका थिए । प्रेम गीत-२ को पनि अपार सफलतापछि अब प्रेम गीत-३ को पनि दर्शकले प्रतिक्षा गरिरहेका छन् ।

मेलिना राई र सागर आलेको स्वर रहेको यो ‘हात्ति ढुङ्गा’मा शिर्षकको गीत फरक किसिमको रहेको छ । फरक प्रस्तुतिका बीच यसलाई दर्शकले मन पराउनुले प्रेम गीत-३ को व्यापारलाई सिधै फाइदा हुने द्केहिएको छ ।

यस गीतमा कल्याण सिंहको संगीत रहेको छ । त्यस्तै गीतलाई हर्कबहादुर साउदले लेखेका छन् भने कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

फिल्ममा प्रदीप खड्का र क्रिष्टिना गुरुङसँगै अलावा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, अनुभव रेग्मी, योगिशा खत्री, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा,सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायत कलाकारको पनि अभिनय छ ।

चैत २८ गते रिलिज हुने चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रले २ सय वर्ष पुरानो लभस्टोरीमा बनाइएको बताइएको छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्:

https://www.youtube.com/watch?v=UaeScocRNsQ

सम्बन्धित समाचार