कोरोना भाइरसबारे सबैभन्दा पहिले जानकारी दिने चिनियाँ चिकित्सकको कोरोनाकै कारण मृत्यु

चीनमा फैलिएको कोरोना भाइरसबारे सबैभन्दा पहिला जानकारी दिने चिनियाँ चिकित्सकको कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको छ। कोरोना भाइरसबाट संक्रमित लि वेनलियाङकोे बिहिवार वुहानमा मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको हो ।

बिहीवार विश्व स्वास्थ्य संगठन (डब्लु एचओका)ले पत्रकार सम्मेलन गरी उनको मृत्यु भएको पुष्टि गरेको हो । पत्रकार सम्मेलनमा डब्लएचओका अधिकारीहरुले भने, ‘हामी डा ली वेनलिङ गुमाएकोमा धेरै दुःखी छौं ।’



डाक्टर लिमा नयाँ कोरोना संक्रमण भएको दश दिनपछि अर्थात् जनवरी २० मा चीनले कोरोना भाइरसलाई खतराको संज्ञा दियो । चीनमा स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरियो। हाल विश्वभर प्रशंसा कमाइरहेका डाक्टर लिको बिहीवार निधन भएको हो ।

नोबल कोरोनाभाइरसबाट विश्वव्यापी रुपमा २८,००० भन्दा बढी मानिस संक्रमित भएका छन् भने ५६३ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार