छैन कोरोना नियन्त्रणको सम्भावना, चीनमा ६३६ को मृत्यु, ३१ हजारमा संक्रमण

चीनमा कोरोना भाइरसको कारया बिहीवारमात्रै ७३ जनाको ज्यान गएको छ। चीनको स्वास्थ्य मन्त्रालयले मन्त्रालयले शुक्रवार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार थप ३ हजार १ सय ४३ जनामा संक्रमण भेटिएको जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा ९ सय ६२ जना गम्भीर बिरामी छन् र बिहीवार मात्रै ३ सय ८७ जना उपचारपछि घर फर्किसकेका छन् ।

दुई हप्ता अघि चीनको वुहानबाट फैलिएको कोराना भाइसका कारण हालसम्म ६ स ३६ जनाले चीनमा ज्यान गुमाइसकेको मन्त्रालयको तथ्यांक रहेको छ । अहिलेसम्म चीनका विभिन्न शहरमा उपचाररत संक्रमितहरुको संख्या ३१ हजार १ सय १६ जना रहेका छन् । त्यस्तै उपचारपछि १ हजार ५ सय ४० जना अस्पतालबाट निको भएर फर्किएको तथ्यांक सार्वजनिक गरेको छ।



कोरोना भाइरसका कारण चीन बाहिर भने २ जनाको ज्यान गएको छ । कोरोनाको बारेमा सबैभन्दा पहिला विश्व समुदायलाई जानकारी दिने चिनीयाँ डाक्टर लि वेनलियाङको पनि कोरोना भाइरसकै कारण मृत्यु भएको छ । डाक्टर लिमा नयाँ कोरोना संक्रमण भएको दश दिनपछि अर्थात् जनवरी २० मा चीनले कोरोना भाइरसलाई खतराको संज्ञा दियो । चीनमा स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरियो। हाल विश्वभर प्रशंसा कमाइरहेका डाक्टर लिको बिहीवार निधन भएको हो ।

सम्बन्धित समाचार