जहाजमा पाइलट र को-पाइलटले किन फरक-फरक खाना खान्छन् ?

प्रत्येक दिन संसारमा १ लाख जहाजहरू आफ्नो गन्तव्यमा उड्ने गर्छन् । छोटो दूरीदेखि लामो दूरीसम्म उड्ने जहाजमा लाखौँ यात्रीहरू यात्रा गरिरहेका हुन्छन । तपाईं रेगुलर जहाजको यात्री भएपनि तपाईंलाई जहाज उडानका बारेमा कतिपय कुराहरू थाहा नहुन सक्छ । यहाँ हामीले त्यस्ता ७ रोचक तथ्य खोजेका छौं, तपाईले सायदै जान्नुभएको होला ।

जहाजभित्रको हावा सहारा मरुभूमिजत्तिकै सुख्खा



जहाजमा यात्रा गर्ने जो कोहीले पनि आफ्नो छाला सुख्खा पाउँछन् । त्यसको विशेष कारण छ । जहाजभित्रको हावामा जम्मा २० प्रतिशत ओस हुने गर्छ । जबकी बाहिररी वातावरणको हावामा ७० प्रतिशतसम्म पानीको बाफ हुने गर्छ ।

सबैभन्दा तेज जहाजको गति आवाजको भन्दा दोब्बर

सन् १९७६ देखि २००३ सम्म कन्कर्ड जहाज चल्ने गर्थ्यो जसको गति आवाजको भन्दा दोब्बर हुने गर्थ्यो । यो अमेरिकाको न्यूयोर्कदेखि बेलायतको लन्डनसम्म उड्ने गर्थ्यो । उडानको समय जम्मा २ घण्टा ५२ मिनेट थियो । जबकी अन्य जहाजहरूले यही दूरीमा घन्टौंसम्म उड्नु पर्थ्यो । कारण कन्कर्ड विमानको गति थियो ।

सन् २००० मा भीषण दुर्घटना भएपछि उक्त विमानलाई उड्न रोक लगाइयो । कन्कर्ड विमान यति धेरै महँगो हुने गर्दथ्यो कि सामान्य जनताले त्यो जहाजमा चढ्ने औकात राख्दैनथिए ।

एक इन्जिनले उड्न सक्छ, बिना इन्जिन ल्याण्ड गर्न सक्छ

जहाजको बारेमा अर्को रोचक तथ्य छ । जहाज जम्मा एउटा इन्जिनले मात्र ८ पनि टेक अफ हुन सक्छ भने दुईवटै इन्जिन बन्द गरेर पनि ल्याण्ड हुन सक्छ ।

प्लेनको पछाडिको भाग सुरक्षित

यदि तपाईं जहाजमा यात्रा गर्दै हुनुहुन्छ भने जहाजको पछाडि बस्नुहोला । सन् २०१५ मा गरिएको एक अध्ययन अनुसार जहाजमा रहेका अगाडिपट्टीका सीट सुरक्षित नहुने तथ्य सार्वजनिक भएको थियो । दुर्घटना भइसकेपछि पछाडि बसेका यात्रु जोखिममा पर्ने सम्भावना ३२ प्रतिशत हुन्छ भने अगाडि बस्नेहरू जोखिममा पर्ने सम्भावना ३९ प्रतिशतसम्म हुन्छ ।

पाइलट र कोपाइलटले फरक फरक खाना खान्छन्

यो सबैभन्दा चकित पार्ने तथ्य हो । जहाज उडानको समयमा पाइलट र को-पाइलटले फरक फरक खाना खाने गर्छन् । यसपछाडिको तर्क अचम्मको छ । यदि दुवैले एउटै खाना खाए र खाना ठीक रहेनछ भने दुवै बिरामी पर्छन् र यात्रुको जीवन जोखिममा पर्न सक्छ । त्यही भएर जहाजका दुवै पाइलटले फरक फरक खाना खाने गरेका हुन् ।

सम्बन्धित समाचार