रोमान्स, बदला र स्टाइलिशको कम्बिनेशन ‘मलंग’

बलिवुडका आशिकी-२ फेम अभिनेता आदित्य राय कपुर र हट अभिनेत्री दिशा पटानी अभिनित फिल्म मलंग आज रिलिज भएको छ ।

प्रेम र बदलाको कथामा बनेको मलंगमा आदित्य र दिशाका अलावा अनिल कपुर तथा कुणाल खेमुको समेत अभिनय रहेको छ ।



मोहित सुरीले निर्देशन गरेको यो फिल्मलाई विश्लेषकहरुले राम्रो फिल्मको संज्ञा दिएका छन् । यस फिल्ममा अभिनेत्री दिशा पटानीलाई उनको क्यारियरमै अहिलेसम्मको धेरै स्क्रिन टाइम पाएको बताइएको छ । त्यस्तै अनिल कपुरको यस फिल्ममा हास्य भूमिका रहेको छ ।

संगीत त्यति सुपरहिट नभएपनि गीतको शुटिंगमा गरिएको मिहिनेत देख्न सकिन्छ । फिल्मको कथालाइन अलि कम्जोर भएकोले फिल्मलाई केहि हदसम्म सुस्त बनाएको फिल्म विश्लेषकहरुले बताएका छन् ।

यस फिल्ममा आदित्य र दिशाले गरेका स्टाइलिश किसिंग सिनको चर्चा फिल्म रिलिज अघि देखि नै चलिरहेको छ । दिशा र आदित्यले पानी मुनि गरेको किसिंग सिनको पनि चर्चा रहेको छ ।

समग्रमा रोमान्स, बदला र स्टाइलले फिल्मलाई रोचक बनाएको फिल्म विश्लेषकहरुले प्रतिक्रिया दिएका छन् ।

फिल्मको ट्रेलर :

सम्बन्धित समाचार