‘बोल्ड’ बिग बोस–१३ : किसदेखि बेड सेयरसम्म

बोल्ड कन्टेन्ट, अनौठा काम, व्यक्तिगत कथा आदि कारणले सलमान खानको चर्चित टेलिभिजन शो ‘बिग बोस’को पछिल्लो सिजन ‘बिग बोस–१३’ अघिल्ला सिजनहरुभन्दा अलग देखियो । सिजन–१२ फ्लप भएपछि सिजन १३ लाइ हिट बनाउन यसको क्रिएटिभ टिमले अनेक फर्मुला अपनायो । अरुभन्दा फरक भनेर हल्ला गरियो । धेरै कुरामा परिवर्तन गरियो ।

बिग बोसको यो सिजनमा यस्ता धेरै दृश्यहरु देखिए जो यसअघि यहाँ कहिल्यै देखिएको थिएन ।



बोल्ड थिम

प्रतिष्पर्धीको ‘बोल्ड अभिनय’ यो सिर्जनको सबैभन्दा महत्वुर्ण विन्दु देखियो । भलै यो ‘बोल्डनेस’भित्र स्विमिङ पुलको रोमान्स, विकिनी लुक, खुलेआम रोमान्टिक हुनेजस्ता हर्कतहरु समावेश थिएनन् । यी त यसअघिकै सिजनमा पनि देखिएकै थिए । तर बिग बोस–१३ का प्रतिष्पर्धीलाई विल्कुलै फरक हिसाबले बोल्ड अवतारमा उतारिएको हेर्न पाइयो । यसपल्ट प्रतिष्पर्धीहरु बोल्ड थिएनन् तर मेकर्सले नै फर्मेट यस्तो बनाएका थिए कि स्क्रिनमा ‘बोल्डनेस’ देखियोस् ।

बेड सेयरिङको नियम

बिग बोसको इतिहासमै पहिलोपल्ट यस सिजनमा महिला–पुरुष प्रतिष्पर्धीको ‘बेड सेयरिङ’को नियम बनाइयो । सुरुमा सिजनका महिला र पुरुष प्रतिष्पर्धीलाई एउटा ‘टास्क’ अर्थात् जिम्मेवारीमार्फत बेर्ड पार्टनर बनाइयो । अघिल्ला सिजनहरुमा आफै जोडी बन्थे, यसपल्ट क्रिएटिभ शैलीमा जोडी बनाउने प्रयत्न गरियो । शो मा शहनाज–सिद्धार्थ, पारस–माहिराले यसरी बेड सेयर गर्छन् ।

प्रतिष्पर्धीको निकटता

सिद्धार्थ–शहनाज त झन् बेडमात्रै होइन कम्बल नै सेयर गर्छन् । यसकारण विकेन्डको वारमा उनीहरुको मजाक पनि उडाइयो । यद्यपी उनीहरुबीचको सम्बन्ध भने मित्रताको मात्रै हो । तर, स्क्रिनमा दुवै अंगालो मारेर सुत्छन्, अति नजिक भएर कुराकानी गर्छन् । त्यस्तै अर्का प्रतिष्पर्धी पारस छाबडा आफ्नो प्लेब्वाय इमेज देखाउनका लागि माहिरा शर्माले ‘हुँदैन’ भन्दाभन्दै पनि उनलाई किस गर्छन् ।

अश्लिलताको आरोप

बिग बोस पारिवारिक शो हो । परिवारका सबै सँगै बसेर हेर्छन् । यस्तो शोमा प्रतिष्पर्धीले खुलेआम बेड सेयरिङदेखि किसिङसम्मका हर्कत गरेपछि करणी सेना यसको विरोधमा उत्रियो । शो को सुरुवातमा प्रतिष्पर्धीलाई एउटा काम दिइएको थियो जहाँ प्रतिष्पर्धीलाई मुखले सामान ‘होल्ड’ गरेर अर्कोलाई ‘पास’ गर्थे । दृश्यलाई कतिपयले भद्दा भने । यस्ता धेरै दृश्यका कारण शोमाथि अश्लिलता फैलाएको आरोपमात्रै लागेन, शो प्रसारणमा रोक लगाउनुपर्ने माग समेत उठ्यो ।

यद्यपी यी विरोध र प्रदर्शनका बाबजुद ‘बिग बोस–१३’ लाई भारतीय मिडियाले सबैभन्दा हिट सिजन भनेर लेखिरहेका छन् । आजतकका अनुसार यो सिजनले टीआरपीमा नयाँ रेकर्ड राखेको छ । सिजन १३ को यो सफलतासँगै यसका मेकरले बोल्डनेसको मात्रा अब झन् बढाउने अड्कल समेत हुन थालेको छ ।

सम्बन्धित समाचार