बलिवुडमा २०२० मा हेर्नैपर्ने नयाँ जोडीका फिल्म के के छन् ?

बलिवुडमा २०२० मा केहि नयाँ जोडीहरु सँगै फिल्ममा आउँदै छन् । जनवरीमा रिलिज भएका केहि फिल्मले शानदार कमाई गरेर २०२० मा बलिवुडलाई नयाँ उचाईमा लैजाने संकेत समेत गरेका छन् । यस रिपोर्टमा यस बर्ष बलिवुडमा आउने नयाँ पुरा कलाकारको नयाँ जोडीका बारेमा चर्चा गर्दैछौ ।

आदित्य रोय कपुर र दिशा पटानी :



गत शुक्रबार रिलिज भएको फिल्म मलंगबाट आदित्य र दिशाको नयाँ जोडी बनेको छ । फिल्ममा रोमान्स, बदला र एक्सनले भरिपूर्ण रहेको छ । यस फिल्मले बलिवुडलाई नयाँ जोडी दिएको छ ।

कार्तिक आर्यन र सारा अली खान :

कार्तिक र साराको जोडी उनीहरुले फिल्म शुटिंग गर्दा देखिने सुपर हिट जोडीको रुपमा चित्रण गरिएको जोडी हो । फिल्मको काम शुरु गरेसँगै उनीहरुको अफ्येर्सको समेत चर्चा शुरु भएको थियो तर बीचमा फेरी अलग भएको रिपोर्ट पनि आएको छ । अफ्येर्सका बारेमा दुवैले अहिले खुलेर कुरा नगरेपनि बलिवुडले भने उनीहरुको फिल्म लव आज कल-२ मार्फत नयाँ जोडी पाएको छ । उक्त फिल्म फेब्रुअरी १२ मा रिलिज हुँदै छ ।

आयुष्मान खुराना र जितेन्द्र कुमार :

फिल्म शुभ मंगल ज्यादा सावधान तेस्रो लिंगीमा आधारित फिल्म हो । यसमा आयुष्मान र जितेन्द्रको जोडी देखाइएको छ । फिल्ममा कानुनले तेस्रो लिंगीलाई विवाह गर्न अनुमति दिएको भएपनि समाजले अझै स्वीकार नगरेको देखाइएको छ । यो फिल्म फेब्रुअरी २१ मा रिलिज हुँदै छ ।

राजकुमार राव – नुसरत बरुचा :

राजकुमार र नुसरतको पनि यस बर्ष नयाँ जोडी बनेको छ । दुवै बलिवुडमा राम्रा र बक्स अफिसमा सफल फिल्म खेल्ने कलाकारको रुपमा चिनिन्छन् । यो जोडीको फिल्म छलांग आउँदै छ । यस फिल्ममा दुवैको विशेष केमेष्ट्री देख्न सकिन्छ । यो फिल्म मार्च १३ मा रिलिज हुँदैछ ।

रणवीर कपुर र आलिया भट्ट :

बलिवुडले रणवीर र आलियाको रुपमा नयाँ जोडी पाएको छ । रियल लाइफमा समेत विवाहको तयारी गरेको यो जोडीको यस बर्ष फिल्म ब्रम्हास्त्र रिलिज हुदै छ । यो फिल्म डिसेम्बर ४ मा रिलिज हुने छ ।

वरुण धवन र सारा अली खान :

त्यस्तै यो बर्ष बरुण र साराको पनि नयाँ जोडी बनेको छ । गोविन्द-करिश्माको सुपरहिट फिल्म कुली नम्बर वानको रिमेकमा सँगै काम गरेका बरुण र साराले बलिवुडलाई नयाँ जोडीको रुपमा कत्तिको मनोरंजन दिन्छन त्यो भने फिल्म रिलिज पछि नै थाहा हुने छ । यो फिल्म मे १ मा रिलिज हुदै छ ।

इशान खट्टर र अनन्या पाण्डे :

इशान र अनन्याको फिल्म खाली पिली यस बर्ष रिलिज हुदै छ । यो फिल्म तेलुगु फिल्म ट्याक्सीवालाको रिमेक हो । दुवैलाई यस फिल्मबाट नयाँ जोडीको रुपमा देख्न सकिन्छ । यो फिल्म जुन १२ मा रिलिज हुदै छ ।

अक्षय कुमार र मानुषी चिल्लर :

अक्षय र मानुषीको जोडीले यशराजको फिल्म पृथ्वीराजमा सँगै काम गर्दै छन् । पुर्व मिस वर्ल्ड मानुषी र अक्षयको यो ऐतिहासिक फिल्ममा नयाँ जोडी देखिने छ । यो फिल्म नोवेम्बर १३ मा रिलिज हुने बताइएको छ ।

सम्बन्धित समाचार