अस्ट्रेलियामा अर्को प्राकृतिक विपद्

अस्ट्रेलियाको सिड्नीमा परेको भारी वर्षाले जनजीवन प्रभावित भएको छ। भारी वर्षापछि आएको बाढीले त्यहाँ ७५ हजारभन्दा बढी घर डुबानमा परेका छन्। अधिकारीका अनुसार यो पछिल्लो दुई महिनायताकै यो सबैभन्दा भीषण वर्षा हो ।

बाढी बस्तीमा पसेपछि यातायात ठप्प भएको छ भने हजारौं मानिस विस्थापित भएका छन् । रुख ढलेर बाटो अवरुद्घ हुने सम्भावना अझै रहेको अधिकारीले जानकारी दिएका छन् ।



सिड्नीको मौसम विभागका अनुसार त्यहाँ ४०० मिलिलिटर पानी परेको छ । बाढीले विद्युत आपूर्तिसमेत कटौती भएको छ ।

सम्बन्धित समाचार