को कसले जिते यस वर्षको ओस्कार ?

यस वर्षको ओस्कार अवार्डमा जोकर चलचित्र र दक्षिण कोरियाली चलचित्र प्यारासाइटको नाम रहेको छ ।

प्यारासाइटले उत्कृष्ट चलचित्र, निर्देशकसहित अन्तराष्ट्रिय फिचर फिल्मको ओस्कार जितेको छ भने जोकरबाट जकिन फोनिक्सले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् त्यस्तै फिल्म जुडीबाट रेनी जेल्वेगर सर्वश्रेष्ठ अभिनेत्रीको उपाधि हासिल गरेकी छिन् ।



दक्षिण कोरियाली चलचित्र प्यारासाइट ओस्कारको इतिहासमै पहिलो पटक अंग्रेजी बाहेक अन्य भाषामा बनेको फिल्मले ओस्कार अवार्ड जितेको छ ।

त्यस्तै सर्वोत्कृष्ट निर्देशकको अवार्ड भने प्यारासाइटका निर्देशक बोंग जून होले जितेका छन् । त्यस्तै प्यारासाइटले अन्तर्राष्ट्रिय फिचर फिल्मको ओस्कार समेत जितेको छ ।

त्यसैगरि यस बर्षको ओस्कारमा उत्कृष्ट फिल्मको अवार्ड प्यारासाइटले जितेको छ ।

सहायक भुमिका विधामा अभिनेत्रीतर्फ म्यारिज स्टोरीको लौरा डन र अभिनेता तर्फ वन्स अपन अ टाइम इन हलिवुडबाट ब्र्याड पिटले जितेका छन् ।

त्यस्तै अमेरिकन फ्याक्ट्रीले बेस्ट डकुमेन्ट्री फिल्मको ओस्कार अवार्ड जितेको छ ।

संगीततर्फको भने सर्व्रोत्क्रिष्ट ओरिजिनल गितको विधामा ‘आइ एम गन लभ मि अगेन’ ले जितेको छ भने ओरिजिनल स्कोर तर्फको गितमा जोकरले जितेको छ ।

मेकअप र हेयर स्टाइलिङ्ग तर्फको ओस्कार बिजेता बम्बसेल भएको छ ।

भिजुअल इफेक्टस्मा १९१७ ले अवार्ड जितेको छ त्यस्तै बेस्ट सिनेमेटोग्राफीतर्फ पनि १९१७ बाट रजर डकिंग्सले जितेका छन् ।

सर्वोत्कृष्ट ध्वनि मिश्रणको उपाधि पनि १९१७ चलचित्र ले जितेको छ भने संपादनतर्फको अवार्ड फोर्ड भर्सेस फेरारीले जितेको छ ।

वृत्तचित्र विधाको ओस्कार तर्फ भने सर्वोत्कृष्ट सर्ट फिचर वृत्तचित्रमा ‘लर्निङ्ग टु स्केटबोर्ड इन अ वारजोन’ (इफ यु आर अ गर्ल ) बिजेता भएको छ त्यस्तै वृत्तचित्र फिचर तर्फको ओस्कार  ‘अमेरिकन फ्याक्ट्री’ ले पाएको छ ।

ओस्कारको सर्वोत्कृष्ट कस्ट्युम डिजाइन ज्याकलिन डुरान, लिटल वुमनले अवार्ड पाएको छ त्यस्तै सर्वोत्कृष्ट प्रडक्सन डिजाइन वन्स अपन अ टाइम इन हलिवुडले पाएको छ ।

लाइभ एक्सन सर्ट फिल्ममा द नेबर्स विन्डो ले ओस्कार जितेको छ ।

सर्वोत्कृष्ट एडप्टेड पटकथा तर्फको ओस्कार थाइका वेतिति, जोजो रबिटले जितेको छ साथै सर्वश्रेष्ठ मूल पटकथा तर्फको अवार्ड बोंग जून हो, प्यारासाइटले जितेको छ ।

‘हेयर लभ’ एनिमेटेड सर्ट फिल्म तर्फको ओस्कार बिजेता बनेको छ त्यस्तै एनिमेटेड फिचर फिल्म तर्फको ओस्कार बिजेता टोय स्टोरी(४ भएको छ ।

सम्बन्धित समाचार