कोरोना भाइरसका कारण १०१६ जनाको मृत्यु भएपछि चीनद्वारा वरिष्ठ अधिकारीलाई कारवाही

चीनमा कोरोना भाइरसका कारण १०१६ जनाको मृत्यु भएपछि चीनले आफ्ना वरिष्ठ अधिकारीलाई कारवाही गरेको छ ।

आफ्नो जागिर गुमाउनेमा हुबेईको स्वास्थ्य आयोगका पार्टी सचिवलगायत आयोगका प्रमुखसमेत रहेका छन् । उनीहरु अहिलेसम्म पद घटुवा गरिएको सबैभन्दा वरिष्ठ अधिकारी हुन् । स्थानीय रेडक्रसका डेप्युटी जनरललाई पनि कर्तव्यबाट पछि हट्दै चन्दा संकलनमा सक्रिय रहेको भन्दै हटाइएको छ ।



चीनमा कोरोनाभाइरसका कारण सोमबारमात्रै १०३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाभाइरसका कारण १०१६ जनाको मृत्यु भएको छ भने ४२ हजार ६३८ जनालाई भाइरसको संक्रमण भएको छ । मृत्यु हुने मध्य १०१४ चीनका छन् भने बाँकी एक जना फिलिपिन्स र एक जना हङकङका छन् ।

चीनमा मात्र ४ हजार संक्रमितको सफल उपचार गरिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच महामारी नियन्त्रणमा मद्दत गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को टोली सोमबार चीन पुगेको छ । हुबेई प्रान्तमा सोमबार मात्रै १०३ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार