चीनमा फैलेको कोरोना भाइरसको संक्रमण अबको दुई महिनामा पूूर्ण रुपमा समाप्त हुने चिनिया स्वास्थ्य निकायले बताएको छ ।
चीनका एक प्रमुख स्वास्थ्य सल्लाहकारले आगामी अप्रिल महिनासम्म कोरोना भाइरस पूर्णरुपमा नियन्त्रणमा आउनेमा आफुहरु आशावादी रहेको बताउनु भएको हो ।
यसैबीच, हिजो चीनमा कोरोना भाइरसबाट संक्रमित नयाँ बिरामीको संख्या गत जानवरी ३१ देखिकै सबैभन्दा कम भएको जनाइएको छ ।
कोरोना भाइरस संक्रमणको केन्द्रबिन्दु मानिएको हुबे प्रान्तमा हिजो ९४ जनाको संक्रमणका कारण मृत्यु भएको थियो, भने करिब एक हजार नयाँ बिरामीमा संक्रमण देखिएको थियो ।
उक्त भाइरसका कारण हालसम्म चीनमा ११ सय जनाको मृत्यु भइसकेको छ ।