कोरोना भाइरसले मर्नेको संख्या एक १ हजार ३ सय १० पुग्यो, ४८ हजार बढी संक्रमित

महामारीका रुपमा फैलिएको कोरोना (कोभिड १९)ले चीनमा ज्यान गुमाउनेको संख्या एक १ हजार ३ सय १० पुगेको छ । बुधबार एकैदिन २४२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमित एकैदिनमा १४ हजार ८४० जना रहेको छ ।

पिपुल्स डेली चाइनाका अनुसार कोरोनाको इपिसेन्टर मानिएको हुबेई प्रान्तमा मात्रै बुधबार २४२ जनाको मृत्यु भएको छ । अहिलेसम्म ४८ हजार २०६ जना कोरोना भाइरसबाट संक्रमित छन् ।



अहिले पनि ३३ हजार ६९३ जना अस्पतालमा उपचाररत छन् । ३ हजार ४४१ जनालाई भने ठीक भएको छ । उता बेलायतले पनि आफ्नो देशमा कोरोना भाइरसका बिरामी पुष्टि भएको बुधबार नै जनाएको छ ।

बुधबार चीनमा एक्कासी यो भाइरसको संक्रमण अन्य दिनमा भन्दा बढी देखिएको थियो । चीनभन्दा बाहिर पनि कम्तिमा ४४१ जना कोरोना भाइरसका बिरामी देखिएको छ ।

सम्बन्धित समाचार