अर्तनादको गीत ‘लडिराछु’ टुबोर्ग र्यापस्टारमा सार्वजनिक

अर्तनाद, स्टेज नामले प्रचलित बालकृष्णको गीत ‘लडिराछु’ रेडियो नागरिक को युट्युब च्यानल मार्फत सञ्चालित टुबोर्गर र्यापस्टारमा सार्वजनिक भएको छ ।

नेपालमा र्याप संगीतको बढवाको लागी टुबोर्ग र्यापस्टार एक अदितिय शो रहेको छ जसमा, र्याप संगीतमा ईच्छुक रहेका १८ देखी ३५ सम्म उमेरकाहरु सहभागी हुन सक्छन् ।



जानवरी ३, २०२० मा पहिलो गीत सार्वजनिक गरि शुरु भएको टुबोर्ग र्यापस्टारले प्रतिभाशाली र्याप कलाकारहरुलाई आफ्नो प्रतिभा पेश गर्ने माध्यम प्रदान गर्ने लक्ष्य राखेको छ ।

विजयी र्यापरहरुको प्रस्तुती प्रस्तुत गर्ने मात्र नभई उनीहरुलाई अनुभवी कलाकारहरुसँग सिक्ने, म्युजिक भिडियो बनाउने र अरु प्लाटफर्महरुमा बढवा गर्ने पनि टुबोर्ग र्यापस्टारले गर्दछ । धेरै दर्शकहरुमाझ पहुँच पुराउने उद्देश्यका साथ नेपाल रिपब्लिक मिडियाको नागरिक नेटवर्कसँग सहकार्य गरिएको छ ।

अर्तनाद टुबोर्ग र्यापस्टारको दोस्रो विजेता हुन् । भक्तपुरका अर्तनादले १४ वर्षको उमेर देखि र्याप गर्न थालेका हुन् । उनको नाम अर्तनाद को अर्थ भित्री आवाज रहेको छ र उनको प्राय गीतहरु उनले वरिपरि समाजमा देखेको र भोगेको कुराहरु बारेमा रहेको छ । उनको गीत ‘लडिराछु’ मा समाजले राख्ने आशाहरु र त्यसले हरेकलाई दिएको पिडाहरुको बारेमा व्यक्त गरिएको छ ।

र्याप संगीतमा ईच्छुक रहेकाहरुले रेडियो नागरिकले प्रत्येक महिना निर्माण गरि आफ्नो युट्युब च्यानलमा रिलिज गरेको बिटमा आफ्नो गीत रेकर्ड गरि पठाउन सक्छन् । निर्णायकहरु मानस घले, बुलेट फ्लोरसुरज विक्रम थापा, सुजन जोशी तथा नेपाली र्याप क्षेत्रका केही हस्तीहरुले प्रत्येक महिना सबै सहभागीहरुलाई मूल्यांकन गरि एक विजेता चयन गरिरहेका छन् ।

उक्त विजयीहरुलाई अनुभवी तथा व्यवसायिक कम्पोजर र संगीतकारहरुको सहयोगमा आफ्नो गीतको पुरा संस्करण रेकर्ड गर्न बोलाईएको छ । विजयीसँग फिचर भिडियो पनि हुनेछ जुन रेडियो नागरिकको युट्युब च्यानल मा रिलिज हुनेछ ।

गोर्खा ब्रुअरीका मार्केटिङ डाईरेक्टर, बैभब शर्मा भन्छन्, ‘संगीत प्रेमीहरुका लागी केही विशेष गर्न हामी निकै उत्सुक छौ । र्याप संगीत विश्वभर रुचाईएको संगीत शैलीहरु मध्ये एक रहेको र नेपालमा पनि मनपर्ने संगीतको शैलीमा परिणत भइरहेको छ ।’

प्रतिभाशाली र्यापरहरुलाई आफ्नो प्रतिभा देखाउने र बढ्ने एउटा उचित माध्यम बन्ने टुबोर्ग र्यापस्टारको लक्ष्य रहेको छ । संगीतको बेजोड रुपमा बढवा गर्दै आईरहेको टुबोर्गले र्याप संगीत र उद्योगको बढवाको लागी रेडियो नागरिकसँग सहकार्य गरिएको छ ।

सम्बन्धित समाचार