कोरोनाभाइरस अन्त्यको अहिले नै अनुमान गर्न निकै छिटो हुन्छ : डब्ल्युएचओ

कोरोना भाइरसका कारण अहिलेसम्म ११ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने ४४ हजार ६ सय सङ्क्रमित भइसकेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले चीनमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्यामा कमी आएको भए पनि यसको अन्त्य कहिले होला भन्ने अनुमान गर्न अहिले निकै छिटो हुने बताएको छ ।



विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यो भाइरस जुनसुकै दिशामा जानसक्ने बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनकी प्रमुख वैज्ञानिक सौम्य स्वामीनाथनले कोरोना भाइरसको खोप छिट्टै पत्ता लगाउने बताएकी छिन् ।

सम्बन्धित समाचार