कोरोना संक्रमण : ज्यान गुमाउनेको संख्या १५ सय नजिक, ६५ हजार बढी संक्रमित

कोरोना भाइरसको संक्रमणबाट चीनमा हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ८३ पुगेको छ । कोरोनाको संक्रमणबाट ६५ हजारभन्दा बढी संक्रमित भएका छन् । विहीबार हुबेई प्रान्तमा थप १ सय १० जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ८३ पुगेको हो ।

कोरोनाको संक्रमणका कारण चीनबाहेक हङकङ, फिलिपिन्स र जापानमा एक(एक जनाको मृत्यु भएको छ । कोरोना भाइरसबारे अनुसन्धानमा जुटेका वैज्ञानिकहरुका अनुसार यस भाइरसले २-२ जना व्यक्तिलाई संक्रमति गराइरहेको छ ।



अन्य भाइरसको अनुपात भने १.३ रहेको उनीहरुले बताएका छन् । हालसम्म यस भाइरस नियन्त्रण गर्ने भ्याक्सिन पत्ता लागेको छैन । यो भाइरस ३० वटा भन्दा बढी देशमा फैलिइरहेको छ ।

कोरोनाको भाइरसको उद्गम मानिएको चीनको वुहान क्षेत्र सवैभन्दा बढी प्रभावित बनेको छ । कोरोनाको महामारी नियन्त्रणमा नआएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को एउटा टोलीले चीनमा उपचार, रोकथाममा जुटिरहेको छ ।

धेरै प्रयत्नकाबीच महामारी नियन्त्रणमा आउन नसकेपछि कोरोनाको अन्त्य कहिले होला भन्ने अनुमान गर्न जटिलता थपिएको विश्वस्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससका अनुसार प्रकोप फैलने दर कम भए पनि मृत्यु हुनेको संख्या नघटेकाले तत्कालै नियन्त्रणमा आउला भने पूर्वानुमान गर्न नसकिने जनाएका छन् ।

सम्बन्धित समाचार