फ्राइडे रिलिज : सुशील र रुबिनाको ‘लभ डायरिज’ हलमा

आज शुक्रवारदेखि सौरभ चौधरी निर्देशित फिल्म ‘लभ डायरिज’ प्रदर्शनमा आएको छ । पछिल्लो समय चर्चामा रहेको यो फिल्म प्रणय दिवसको अवसर पारेर प्रदर्शनमा आएको हो ।

फिल्ममा सुशील श्रेष्ठ, विश्वजित रिमाल र रुबिना थापाको शीर्ष भूमिका रहेको छ । प्रेमकथामा आधारित यो फिल्मको बुधवार राजधानीमा प्रिमियर समेत गरिएको थियो । प्रिमियरमा कलाकारले मन पराएको प्रतिक्रिया दिएका थिए ।



सुशील र रुबिनाको जोडी बाँधिएको प्रेमकथामा आधारित यो फिल्ममा प्रेम, विछोड र रोमान्सलाई देखाइएको छ । फिल्ममा विश्वजीत रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारले समेत अभिनय गरेका छन् । फिल्मका लगानीकर्ता विनोद सापकोटा हुन् ।

यस्तै फिल्ममा सञ्जय लामाको छायांकन, मिलन श्रेष्ठ र दीर्घ खड्काको सम्पादन तथा अर्जुन पोखरेलको संगीत रहेको छ ।

सम्बन्धित समाचार