अमेरिकी सदनको अनुमोदन बिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्न नसक्ने भएका छन् । अमेरिकी माथिल्लो सदन सिनेटमा भएको मतदानबाट ट्रम्पको हमला गर्ने अधिकार सीमित गरिएको हो ।
इरानबाट अमेरिका कम सुरक्षित हुने र जुनसुकै बेला इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पले चेतावनी दिएको केही घण्टापछि भएको मतदानमा अधिकार सिमीत गर्ने पक्षमा ५५ मत परेको थियो। विपक्षमा ४५ भने मत खसेको थियो ।
ट्रम्पको निर्देशनमा गत महिना इरानी सैन्य जनरल कस्सिम सुलेमानीको हवाई आक्रमणमा मृत्यु भएको थियो । त्यसबेला ट्रम्पले सदनको स्वीकृति बिना नै आक्रमण गर्न नमिल्ने कुरा उठेको थियो ।
आक्रमणपछि अमेरिकी तल्लो सदनले जनवरीमा अधिकार सिमित पार्ने विधेयेक पारित गरेर सिनेटमा पठाएको थियो ।
सिनेटमा ट्रम्पको पार्टी रिपब्लिकनको बहुमत भएपनि ८ रिपब्लिकन सांसदहरुले ट्रम्पले सिनेटबाट आक्रमण गर्नुपर्ने प्रस्तावको समर्थन गरेका थिए ।
सिनेटबाट पारित भएको उक्त विधेयक अब ह्वाइट हाउस पठाइनेछ । विधेयक ह्वाइट हाउस पुगेपछि ट्रम्पले त्यसमाथि भिटो प्रयोग गरेर त्यसलाई अमान्य घोषित गर्ने अनुमान गरिएको छ ।