पछिल्लो समय अष्ट्रेलियाको मुख्य मध्येको एक शहर सिड्नीमा अप्रिय घटनाहरु बढ्दो छ । हत्या, लुटपाट, यौन दुव्र्यवहारजस्ता घटनाका कारण एनएसडब्लु प्रहरी सदाभन्दा सक्रिया भए पनि घटनाहरुमा भने कमी आउन सकेको छैन ।
शुक्रबार बिहान सिड्नीको किङ्सउड स्टेशनमा एक ५० वर्षीया महिलामाथि दुई जनाले सांघातिक आक्रमण लुटपाट गरेका छन् । बिहान सवा ५ बजेतिर दुई जनाले ट्रेन कुरेर बसेकी महिलामाथि आक्रमण गरेर घाइते बनाएका छन् भने उनीहरुले महिलासँग भएका कुराहरु पनि लुटेर लगेका छन् ।
प्रहरीका अनुसार दुई पुरुषहरुले उक्त महिलालाई जोसेप एण्ड अमारो स्ट्रिटबाट पछ्याएका थिए । पुरुषहरुले उक्त महिलासँग भएको पछाडि बोक्ने झोला, पर्स तथा मोबाइल लुटेका हुन् ।
घटनापछि उक्त महिला घर फर्किएका थिइन् । त्यसपछि भने उनको पार्टनरसँग उपचार गर्नको लागि अस्पताल गएकी थिइन् । उनको अनुहारमा चोटै चोट लागेको छ । हाल उनले घरमा बसेर औषधि सेवन गरिरहेकी छिन् ।
प्रहरीले घटनाको बारेमा अनुसन्धान गरेर अपराधीहरुको खोजी गरिरहेको जनाएको छ ।