कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिको हत्या

कोरोना भाइरस संक्रमणको आशंका गरिएका एक उत्तर कोरियाली नागरिकको हत्या भएको छ । चीनबाट फर्किएका एक सरकारी अधिकारीको हत्या गरेको दोङ–ए इल्बो पत्रिकालाई उदृत गर्दै डेलीमेलले लेखेको छ ।

कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखिएका उनी सार्वजनिक स्थलमा नुहाउन गएपछि भाइरस फैलने त्रासका कारण गोली हानी हत्या गरिएको बताइएको छ ।



सम्बन्धित समाचार