‘कभी ईद कभी दिवाली’ मा सलमानको जोडी पूजा

अभिनेता सलमान खानको नयाँ चलचित्र ‘कभी ईद कभी दिवाली’ मा पूजा हेगडे अभिनेत्रीको रूपमा देखिने भएकी छन् ।

चलचित्र घोषणा भएपछि अनिभेत्री को हुने भन्ने चौतर्फी चासोको विषय बनेको थियो। अन्ततः सलमानसँग पूजाले अभिनय गर्ने भएकी हुन् ।



‘हाउसफुल ४’ मा अक्षय कुमार र ‘मोहेन्जोदडो’ मा ऋतिक रोशनको अपोजिटमा काम गरेकी थिइन् । चलचित्रका निर्माता साजिद नाडियावालाले यसमा समावेश गरिएको कथाका लागि पूजा उपयुक्त देखिने भएकाले अनुबन्धित गरिएको बताए ।

‘कभी ईद कभी दिवाली’ एक फेमिली ड्रामा चलचित्र हो। फिल्ममेकर्स सलमान र पूजाबीच आइस ब्रेकिङका लागि वर्कसप गरिरहेका छन्।

चलचत्रिमा अभिनेत्री पूजा सलमानकी प्रेमीकाको भूमिकामा देखिनेछिन् । पूजाले साउथमा ‘मुकुन्द’ जस्ता फिल्ममा स्मल टाउन गर्लको भूमिका निभाएकी छन् ।

‘कभी ईद कभी दिवाली’ लाई ‘हाउसफुल ४’ को समेत निर्देशन गरिसकेका फरहद सामजीले निर्देशन गर्दैछन् । उनी अहिले अभिनेता अक्षय कुमारसँग चलचित्र ‘बच्चन पाण्डे’ को निर्देशनमा व्यस्त छन् । फिल्म २०२१ को इदमा रिलिज हुनेछ ।

सम्बन्धित समाचार