बग्दादको अमेरिकी दूतावासनजिकै चार रकेट आक्रमण

इराकको बग्दादमा रहेको अमेरिकी दूतावासनजिक रकेट आक्रमण भएको छ । स्थानीयहरुका अनुसार आइतबार बिहान त्यहाँ ठूलो आवाजहरु सुनिएको तथा धुवाँको मुस्लो देखिएको छ ।

दूतावासनजिक कम्तिमा पनि चार वटा रकेट आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । आक्रमणबाट भएको क्षतीको विवरण भने अहिलेसम्म नआएको अमेरिकी सेनालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।



अमेरिकी दूतावास तथा इराकी सेनासँगै रहेका करिब ५ हजार २ सय अमेरिकी सेनालाई लक्षित गरी अक्टुबरदेखि गरिएको यो १९ औं आक्रमण हो ।

हमलाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन तर अमेरिकाले इराकको सरकारी सुरक्षा बलसँग आधिकारिक रुपमा सहकार्य गरिरहेको इरानको हसद अल–साबीसमर्थित समूहले आक्रमण गरेको दाबी गर्दै आएको छ ।

डिसेम्बरको अन्त्यमा उत्तरी इराकको के वान आधारशिविरमा रकेट आक्रमण हुँदा एक अमेरिकी ठेकेदारको मृत्यु भएपछि आक्रमणका श्रृङखला शुरु भएका हुन् ।

सम्बन्धित समाचार