भिलेन बन्दैछिन् ऐश्वर्या

बलिउड सुनदरी ऐश्वर्या राय बच्चन छिट्टै तमिल फिल्म ुपौनियिन सेल्वनु मार्फत फेरि फिल्मी पर्दामा इन्ट्री गर्दैछिन् । एक अन्तर्वार्तामा ऐश्वर्याले आफ्नो आगामी प्रोजेक्टको बारेमा जानकारी गराएकी हुन् । उक्त फिल्ममा जयम रवि, विक्रम, मोहन बाबु, कीर्ति सुरेश, अनुष्का शेट्टी मुख्य भूमिकामा देखिनेछन् ।

फिल्म रिलिजको बारेमा भने निर्माण युनिटले कुनै जानकारी दिएका छैनन् । एक कार्यक्रममको सिलसिलामा चेन्नइ पुगेकी ऐश्वर्याले भनिन्, ‘म पौनियिन सेल्वनको हिस्सा बन्न पुगेकी छु । मणि रत्नमको प्रोजेक्टमा सहकार्य गर्न पाउनु सम्मानको कुरा हो ।’ उनले भनिन्, ‘मणि सर मेरो गुरु हो । मैले फिल्म इरुवर उहाँकै साथमा गरेको थिएँ ।’ खबरअनुसार, फिल्ममा ऐश्वर्या डबल रोलमा देखिनेछिन् । यस फिल्मको निर्माण लायका प्रोडक्शनले गर्ने छ ।



मिडिया रिपोर्टअनुसार, ऐश्वर्या एक यस्तो महिलाको भूमिकामा देखिनेछिन्, जो शक्ति (पावर) को लागि जे पनि गर्नेछिन् ।

सम्बन्धित समाचार