लव आजकलले पहिलो दिन कति कमायो ?

अभिनेता कार्तिक आर्यन र अभिनेत्री सारा अली खान अभिनित फिल्म लव आजकलले बक्स अफिसमा शानदार शुरुवात गरेको छ ।

शुक्रबार रिलिज भएको फिल्म लव आजकलले पहिलो दिन १२ करोड ४० लाख कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।



यो कार्तिक आर्यनको क्यारियरकै सबै भन्दा उत्कृष्ट ओपनिग समेत हो । यस अघि कार्तिकको फिल्मले अहिलेसम्म ुपति पत्नी और वोु ले पहिलो दिन ९ करोड १० लाख कमाई गरेको थियो ।

फिल्मले भ्यालेन्टाइन डेको फाइदा उठाएको र मल्टीप्लेक्समा राम्रो कमाई गरेको आदर्सले बताएका छन् ।

कस्तो छ लव आज कल ?

निर्देशक : इम्तियाज अली, कलाकारः सारा अली खान, कार्तिक आर्यन र रणदिप हुड्डा ।

इम्तियाज अली प्रेममा डूबेका पात्र र मायामा रंगिएकाहरुको अनौठो कथा प्रस्तुत गर्छन् । सन् २००९ मा उनले ‘लभ आजकल’ लिएर आएका थिए जसमा सैफ अली खान र दिपिका पादुकोण मुख्य भूमिकामा थिए । ऋषि कपूरले फिल्ममा कथा सुनाउँछन् जसमा दुई प्रकारको प्रेम र समय देखाइएको छ ।

उनले अहिले २०२० मा एउटा अर्को नयाँ ‘लभ आज कल’ दर्शक माझ लिएर आएका छन् । इम्तियाज अलीको यस ‘लभ आज कल’ पनि पुरानै फिल्म जस्तै छ । सारा अली खान र कार्तिक आर्यन फिल्मको नाम पुरानै फिल्मकै छ, साथै कथा पनि पहिलाको जस्तै छ ।

यसप्रकार इम्तियाज अली टाइटल देखि लिएर कथाको विषयमा दर्शकलाई केहि नयाँ फ्रेश अनुभव दिन असफल भएका छन् ।

‘लभ आज कल’ को कथा सारा अली खान, आरुषि शर्मा र कार्तिक आर्यनको हो । फिल्ममा दुई समयका प्रेम कथा देखाइएको छ जसम सारा अली खान कमिटमेन्टबाट टाढा भाग्ने हुन्छिन् भने अर्कोतर्फ कार्तिक आर्यन छन् जसलाई सारा पुरै चाहिएको हुन्छ ।

अर्को तर्फ भने एक पुरानो जमाना र सानो शहरको कथा छ । जसमा कार्तिक आर्यन र आरुषि शर्माको प्रेम बस्छ । पुरानै तरिकाबाट फिल्ममा कथा देखाइएको छ । फिल्मको न फर्स्ट हाफमा केही दम छ न सेकन्ड हाफमा । तर रघु र लिनाको की स्टोरी थोरै राम्रो लाग्न सक्छ । निर्देशनको पक्षमा इम्तियाज अली एकदम औसत देखिएका छन् ।

अभिनयको पक्षमा पनि ‘लभ आज कल’ प्रेरणा दिने खालको देखिदैन । सारा अली खान पनि मनमा छाप पार्ने खालको छैन । कतिपय सिनमा उनी निकै लाउड देखिएकी छिन् र यहाँ उनको अभिनय कलामा पनि प्रश्न उठ्ने खालको छ । जोयको भूमिकामा सारा प्रभाव छोड्न असफल रहेकी छिन् । त्यस्तै कार्तिक आर्यन रघु बनेका छन् तर उनको वीर पात्रले मनमा छाप पर्न सकेन । यस प्रकार कार्तिक आर्यन दर्शक माझ असफल भएको देखिन्छन् । नयाँ नायिका आरुषि शर्माको अभिनय ठिकै छ ।

रणदिप हुड्डाले भने राम्रो अभिनय गरेका छन् र उनको सानो भूमिकाले पनि मानसिको मनमा घर गर्नेछ । ‘लभ आज कल’ को संगीत निकै राम्रो छ र कतिपय गीत मन छुने छ तर कथामा नयाँपनको कमि छ साथै अभिनय पक्ष पनि कमजोर छ । निर्देशनको कुरा गर्ने हो भने केही नौलो देखिदैन । फिल्ममा न त प्रेमको आभास देखिन्छ न कुनै मायाको जोश र गर्मी न कुनै अभिनय अनुभव हुन्छ ।

सम्बन्धित समाचार